spot_img

बरिष्ठ देउडा गायक टेकराज अवस्थी गम्भीर बिरामी, उपचारमा सहयोगको अपिल

- Advertisement -

बैतडी: बरिष्ठ लोक तथा देउडा गायक टेकराज अवस्थी गम्भीर बिरामी भएका छन् । झण्डै तीन दशकदेखि देउडा गायनको क्षेत्रमा सक्रिय अवस्थी एक्कासी बिरामी भएका उनका दाजु मुरलीधर अवस्थीले बताउनुभयो ।

गायक तथा संगीतकार अवस्थीलाई जण्डीस र पेनक्रियाजमा ट्युमरको समस्या देखिएको छ । अहिले उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । बैतडीको सिगास गाउँपालिका–९ गन्सुर घर भएका अवस्थी हाल कैलालीको गोदावरी–५ गेटीगाउँमा बसोबास गर्दै आएका छन् ।

उहाँले ओम डिजिटल रेकर्डिङ स्टुडियो समेत सञ्चालन गरिरहनुभएको छ । लोक देउडाको क्षेत्रमा अवस्थी कालजयी गीतहरु गाउनुका साथै सैयौं गीतहरुमा संगीत भरेका छन् ।

लोक संस्कृति संरक्षणमा तल्लीन रहेका गायक अवस्थीको उपचारमा आर्थिक अभाव रहेकाले सबै मनकारीहरुबाट सहयोगको अपिल गरिएको उनका दाजु मुरलीधर अवस्थीले बताए ।

गायक अवस्थीको उपचारमा सहयोग गर्न चाहने महानुभावहरुले उनकी छोरी तुलसी अवस्थीको नाममा रहेको प्रभु बैंकको खाता नम्बर ०३००२५३६३५२०००१० मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img