spot_img

अर्जुन ट्रफी: डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले जित्यो उपाधि

- Advertisement -

धनगढीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टि-२० च्याम्पियनसिप क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ।
आज सम्पन्न फाइनले खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जित्यो

उपाधिसंगै अत्तरियाले १० लाख पुरस्कार पायाे । डडेल्धुराले ५ लाखमा चित्त बुझायाे।
जितको लगि पाएकाे १ सय १९ रनको लक्ष्य डडेल्धुरा ८४ रनमा समेटियाे।

डडेल्धुराका गजेन्द्र बाेहराले २४,कुशल भुर्तेलले २०,अशाेक धामीले १० रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

बलिङमा अत्तरियाका शाहव आलमले ३,दिपेश कडेलले ३,कमल गुप्ता र विवेक यादवले २/२ विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस
जितेर पहिला ब्याटिङ गरेकाे अत्तरियाले निर्धारित २० ओभरको ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो।
जसमा रासिद खानले ३१, कप्तान सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाए ।

बलिङमा अभिषेक गौतमले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिंदा दुई खेलाडी रन आउट भए।

नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ टाेली सहभागी थिए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img