spot_img

बैतडीको दोगडाकेदारले ४० बर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिने

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

बैतडी :बैतडीको दोगडाकेदारले ४० बर्षमाथिका विपन्न एकल र विधुर पुरुषलाई भत्ता दिने भएको छ।

चालु आर्थिक बर्षमा विपन्न एकल पुरुषलाई निर्वाह भत्ता प्रदान गर्नका लागि ५ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पार्वती कार्कीले बताइन्।

गाउँपालिकाले भत्ता वितरण प्रयोजनका लागि निवेदन आह्वान गरिसकेको छ ।पालिकाले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनभित्र निवेदन पेश गर्न सुचना जारी गरेको हो।

आर्थिक रुपले विपन्न एकल पुरुषहरुको जिविकोपार्जनमा टेवा पुर्याउनका लागि भत्ता दिने तयारी भएको गाउँपालिकाले जनाएको छ ।

४० बर्षमाथिका एकल र बिधुर पुरुषले वडाका सिफारिशसहित सम्बन्धित वडामै निवेदन पेश गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

आर्थिक रुपले विपन्न एकल पुरुषलाई भत्ता दिइने र यसले एकल तथा विधुर पुरुषहरुलाई आफ्नो जिविकोपार्जनमा केही टेवा पुग्ने अपेक्षा लिइएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img