back to top
Home स्थानीय तह शिवनाथमा आँखा शिविर सम्पन्न,५५ जनाले लिए सेवा

शिवनाथमा आँखा शिविर सम्पन्न,५५ जनाले लिए सेवा

0
84

शिवनाथमा आँखा शिविर सम्पन्न भएको छ। शिवनाथ गाउँपालिका–०५ कफाडीमा आँखा शिविर सम्पन्न भएको वडाध्यक्ष केशव बहादुर चन्दले बताउनुभयो।

शिवनाथ आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेशनको सयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरबाट १०१ जनाले सेवा लिएका छन।

शिविरमा २१ जनाको आँखाको सल्यक्रिया गरिएको जनाईएको छ। शिविरबाट २० जनालाई चस्मा वितरण र ८३ जनालाई औषधी वितरण गरिएको वडाध्यक्ष चन्दले बताउनुभयो।

यसैगरी लामाखालीमा पनि शिविर सम्पन्न भएको छ। सुरक्षित प्रसुती सेवा केन्द्र लामाखालीमा शिविर सम्पन्न भएको जनाईएको छ।

शिविरबाट ५५ जनाले सेवा लिएका छन। शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन गरिने गाउँपालिकाले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here