spot_img

पिठिउँमा ग्यालेन बोक्ने बाध्यताबाट मुक्त

- Advertisement -

डडेलधुरा, असार २९ गते । घर घरमा धारा बनेपछि घन्टौँको दुरीमा लाइन बसेर पिठिउँमा पानी बोक्नुपर्ने बाध्यता अमरगढी नगरपालिकावासीको अन्त्य भएको छ । 

उग्रतारा मन्दिरछेउबाट पानी ल्याउन झन्डै एक घण्टा समय लाग्थ्यो । ५० लिटरका ग्यालेन पिठिउँमा बोकर पानीको जोहो गर्नुपथ्र्यो तर घर घरमै धारा जडान भएपछि त्यो बाध्यताको अन्त्य भएको अमरगढी नगरपालिका–८, लटाउलीगाउँका ६० वर्षीय भागरती साँकीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँनजिकका नाउलाबाट पानीको जोहो गथ्र्यौं । एक ग्यालेन वा गाग्री घरसम्म पुर्‍याउँदा एक घण्टा त लागि हाल्थ्यो नै । 

गर्मीका महिना त्यही नाउलाको पानी पनि सुकिहाल्थ्यो अनि अल्लो गाउँ, पल्लो गाउँका नाउला वा घन्टौँ दुरीमा खोलासम्म जानु पथ्र्यो ।” घरका एक जनाले दिनभर पानी मात्रै भर्नुपर्ने बाध्यता थियो । हाल यो समस्याबाट लटाउली गाउँवासी मुक्त भएका छन् । अमरगढी नगरपालिका–८ ले लटाउली गाउँमा एक घर एक धारा सञ्चालनमा ल्याएको छ ।  आर्थिक वर्ष २०७६/७७ यता यी गाउँमा खानेपानी पुर्‍याउन करिब पौने दुई करोड रकम खर्च गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेलधुराका कार्यालय प्रमुख हंशबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आवमा १६ लाख रुपियाँ रकम लागतमा एक घर एक धारा खानेपानी कार्यक्रम लागु भएको छ । यहाँका ८० घरधुरीका धारामा गत वर्षदेखि नै पानी सञ्चालन गरिएको छ । डडेलधुरा लिफ्ट खानेपानी योजना उग्रतारा अन्तर्गत यस योजनामा सोलरबाट साढे सात सय मिटर उचाइमा पानी तानिएको छ । 

२०७७ मा ३६ लाख रकमबाट योजनाको सुरुवात गरिएको उपभोक्ता समितिका अध्यक्ष श्याम साँकीले जानकारी दिनुभयो । त्यसयता यस वर्षको रकम जोड्दा पौने दुई करोड पुगेको उहाँले बताउनुभयो ।  

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img