spot_img

बैतडीमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान

- Advertisement -


केशवराज भट्ट, जेठ २७ गते ।
बैतडीमा उत्कृष्ट स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय बैतडीले बार्षिक समीक्षा आयोजना गरेर उत्कृष्ट ६ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।
स्वास्थचौकी स्तरीय न्युनतम सेवा मापदण्ड कार्यक्रमको वार्षिक कार्य सम्पादनका आधारमा १० ओटै स्थानीय तहका स्वास्थ्य संस्थाबाट ६ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।
कार्यसम्पादनको स्तर उच्च भएका, कामप्रतिको लगनशीलता, कार्यालयमा नियमित उपस्थिती, कार्यालय तथा माथिल्लो निकायसंगको समन्वय र सहकार्य, आर्थिक तथा प्रशासनिक पारदर्शीता र जवाफदेहिता, आफ्नै प्रयासमा स्वास्थ्य सेवा सुधारमा नौलो अभ्यासको थालनीलगायतका मापदण्डको आधारमा उत्कृष्ट स्वास्थ्यकर्मी छनौट गरिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिनुभयो ।
पाटन नगरपालिका ८ खोड्पेमा आयोजना गरिएको जिल्लास्तरीय बार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान पत्र वितरण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो । न्यूनतम सेवा मापदण्डमाको आधारमा पनि १० ओटै स्थानीय तहका राम्रो अंक ल्याउने १० स्वास्थ्य संस्थालाई समेत सम्मानित गरिएको छ ।
स्वास्थ्य कार्यालयले गरेको सम्मानले आफूहरुलाई कार्यक्षेत्रमा डटेर लाग्न थप हौसला मिलेको केशरपुर स्वास्थ्य केन्द्र मेलौलीका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन आफू सदैव लागिपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालय बैतडीले हरेक बर्ष सबैभन्दा बढी अंक प्राप्त गर्ने स्वास्थ संस्थालाई पनि सुशासन, व्यवस्थापन, सेवा प्रवाह लगायतका मापदण्डका आधारमा सम्मान गर्दै आएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img