spot_img

बैतडीको शिवनाथ पूर्ण खोप सुनिश्चित पालिका घोषणा

- Advertisement -

बैतडी:बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । हरेक बर्षजस्तै यो बर्ष पनि पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।

गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिका कर्ण सिंह साउदले जानकार दिनुभयो ।

शिवनाथ गाउँपालिकाका ६ ओटै वडाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ४ सय ३ जना बालबालिका र १६ महिनादेखि ५ बर्षसम्मका १ हजार १ सय २५ जना बालबालिकाहरुले खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनुभयो ।

गाउँपालिकामा पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिनका लागि सरोकारवालाहरुले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न घरघरमै पुगेर घरधुरी सर्वेक्षण गरिएको थियो । वडाहरुलाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

नेपाल सरकारले बालबालिकाहरुलाई विभिन्न १३ रोगविरुद्ध निशुल्क खोप उपलब्ध गराउँदै आएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img