केशवर भट्ट बासुलिङ समाचारदाता /बैतडी ।
बैतडीको पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
सोमबार ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित खोप नगरस्तरीय समन्वय समितिले पुर्चाैडीलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले बताउनुभयो ।
पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप एकिन भैसकेपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरले बताउनुभयो । यसअघि नगरपालिकाका १० ओटै वडाहरुलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिएको उहाँले बताउनुभयो ।
बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख कुवँरले बताउनुभयो । पूर्ण खोप सुनिश्तिता तथा दिगोपना पालिका घोषणा गर्नमा महत्वपुर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको कुवँरले बताउनुभयो ।
नगरपालिकाले पूर्णखोप सुनिश्चित तथा दिगोपनाका लागि हरेक वर्ष राष्ट्रिय खोप तालिका अनुसार पाँच वर्षमुनिका बालबालिकाहरुले खोप पाए नपाएको एकिन गर्न घरधुरी सर्वेक्षण गर्दै आएको छ।
कार्यक्रममा नगरप्रमुख दीपक बहादुर बम, प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशी, १० ओटै वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायतको उपस्थीति रहेको जनाएको छ।
पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा
सेयर गर्नु हाेस
सम्बन्धित समाचार













