spot_img

बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ पूर्णखोप सुनिश्चित वडा घोषणा

- Advertisement -

बैतडी:बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ ।

वडाभित्रका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित भएपछि सोमबार एक कार्यक्रमको आयोजना गरेर वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।

वडाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका ७० जना र १५ महिनादेखि ५ बर्षसम्मका २ सय २७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएका छन् । वडाभित्र रहेका बालबालिकाहरुले खोप पाए÷नपाएको बारेमा घरधुरी सर्वेक्षण गरिएको थियो ।

प्रत्येक घरमा पुगेर बालबालिकाहरुले खोप पाएको निश्चित भएपछि वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको महराले बताए ।

बालबालिकाहरुलाई हाल १३ ओटा रोगविरुद्ध खोप दिने गरिएको छ ।

पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यक्रममा सहभागी सरोकारवालाहरुले पूर्णखोपलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

वडा खोप समन्वय समितिका संयोजक एवं वडा अध्यक्ष प्रताप महराको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

यसअघि सुर्नया गाउँपालिकाका वडा नं १,६ र ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा भइसकेका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img