spot_img

बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप:बझाङले डडेल्धुरालाई ३३ रनले हरायो

- Advertisement -

बैतडी: बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को सुदूरपश्चिम छनौट अन्र्तगत आज भएको पहिलो खेलमा बझाङले डडेल्धुरालाई ३३ रनले हराएको छ ।

जितका लागि पाएको १७४ रनको लक्ष्य पछ्याएको डडेल्धुरा निर्धारित २० ओभरमा १४० रनमा समेटियो ।

जसमा मान साउँदले सर्वाधिक २२ रन बनाएपनि हार टार्न सकेनन् ।

बझाङका हिमाल दौल्यालले ३ विकेट झारे ।

यसअघि दशरथचन्द क्रिकेट रंगशाला,सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बझाङले २० ओभरमा ८ विकेटको क्षतिमा १७३ रन बनायो ।

उसका इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिए ।

डडेल्धुराका तपेन्द्र बोहरा र किरन देउवाले २/२ हात पारे ।

लगातार दुई जित निकालेर फाइनल नजिक पुगेको डडेल्धुरालाई यो हारले नेटरनरेटको भर पर्नु परेको छ ।

डडेल्धुरा र बझाङ समान २÷२ खेल जितेका छन् । अहिले भइरहेको बैतडी र डोटीबीचको नतिजाले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

डोटीले एक खेल जितेको छ भने बैतडी दुबै खेलमा पराजित भएको थियो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको छ ।
सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा डडेल्धुरा,बैतडी,बझाङ र डोटी तथा समूह बी मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् ।
दुबै समूहका बिजेताबीच जेठ १४ गते उपाधि भिडन्त हुनेछ ।
छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताउनुभयो ।
एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img