spot_img

एसिसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि एनसीसीले जित्यो

- Advertisement -

बैतडी: बैतडीमा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को जिल्ला छनौटको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी)ले हात पारेको छ ।

आज सम्पन्न उपाधि भिडन्तमा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले स्तब्ध पार्दै एनसीसी च्याम्पियन बनेको हो ।

एनसीसीले दिएको ९५ रनको लक्ष्य पछ्याएको भ्याली १२ दशमलब ५ ओभरमा ६३ रनमा समेटियो । जसमा अमन विष्टले २४ रनको योगदान गरे ।

भ्यालीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा उपाधि जित्नबाट चुक्यो ।

एनसीसीका रोशन बोहरा र शिरिस बोहराले ३÷३ तथा नविन सिंह भाटले २ विकेट चट्काए ।

यसअघि दशरथचन्द क्रिकेट रंगशाला, सुन्दरखालीमा पहिला ब्याटिंग गरेको एनसीसीले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनायो ।

उसका कृष्ण बोहराले ४७ रन जोड्दा,विक्रम बोहराले १९ रन हिर्काए ।

बलिंगतर्फ भ्यालीका तेजकिरण विष्टले ३ विकेट झारे ।

एनसीसीका रोशन बोहरा प्लेयर अफ द फाइनल चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।

विजेता उपविजेता टोलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख २६ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता रहेको थियो ।

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिनेछ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img