बैतडीको पञ्चेश्वरमा दुई दिने निः शुल्क आँखा शिबिर हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको कुलाउ स्वास्थ्य चौकिमा जेठ ८ र ९ गते निः शुल्क आँखा शिबिर सञ्चालन हुने भएको हो।
गाउँपालिको आयोजना तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग र धनगढी नेत्रालय कैलाली र श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिबिर हुन लागेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए।
शिविरमा निः शुल्क आँखा चेकजाँच तथा औषधि बितरण, मोतीविन्दु तथा आँखामा मासु पलाएका बिरामीको निःशुल्क सल्यक्रिया, आवश्यक बिरामिलाइ नजिकको हेर्न मिल्ने चस्मा बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम सागर शाहले बताए।
साथै ५ र ६ नम्बरका बिरामीलाई जेठ ६ गते निशुल्क मोतीबिन्दु छनौट शिविर गणमेश्वर अधारभुत बिद्यालयामा हुने गाउँपालिकाले जनाएको छ। आर्थिक अवस्था कम्जोर भएर धनगढीसम्म आँखाको उपचार गराउन आउन नसक्ने सेवाग्राहीलाई स्थानीयस्तरमै गएर सेवा दिन्ने उद्देश्यले धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको धनगढी नेत्रालयले जनाएको छ।
जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दको भनाई छ।














