spot_img

यू-१६ बैतडी छनौट: एनसीसी र युनाइटेड विजयी

- Advertisement -

बैतडी :बैतडीमा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनोट प्रतियोगिताअन्तर्गत सोमवार दुई खेल सम्पन्न भएका छन्। जसमा निङ्गलाशैनी क्रिकेट क्लब र बैतडी युनाइटेड क्रिकेट एकेडेमी विजयी भएका छन्।

पाटनले दिएको एक सय ३५ रनको लक्ष्य एनसिसीले १५ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो। जसमा विक्रम बोहरा अर्धशतकीय पारी खेल्दै ८७ रनमा अविजित रहे। उनी प्लेयर अफ दी म्याचसमेत भए। पाटनका जयबहादुर नाथ र श्याम विष्टले एक–एक विकेट लिए। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन २० ओभरमा एक ३४ रनमा अलआउट भयो। दिपेस विकले अविजित २४ रन हिर्काए।

एनसिसीका नवीनसिंह भाटले चार विकेट लिए । अर्को खेलमा युनाइटेडले दशरथचन्द एकेडेमीमाथि चार विकेटको जित निकालेको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। एक सय ३६ रनको विजय लक्ष्य युनाइटेडले १६ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । जसमा म्यान अफ दी म्याचसमेत भएका मुकेश चन्दले ५५ रनको योगदान गरे।

यसअघि ब्याटिङ गरेको एकेडेमी २० ओभरमा एक सय ३५ रनमा समेटियो । यस टोलीका नीरज थापाले सर्वाधिक ३८ रन जोडे । युनाइटेडका दीपक चन्दले चार विकेट लिए। वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ १ गते सम्पन्न हुनेछ। प्रतियोगितामा जिल्लाका सात टोलीको सहभागिता रहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए।

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए। एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img