spot_img

खोज पड्ताल शिविरबाट बैतडीका दुई स्थानीय तहमा १२ जना क्षयरोगी फेला

- Advertisement -



बैतडी, वैशाख १७ गते। बैतडीका दुई ओटा स्थानीय तहमा थप १२ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
जिल्लाको पुर्चाैडी नगरपालिका र सुर्नया गाउँपालिकामा थप १२ जना क्षयरोगीका बिरामी फेला परेका हुन् ।
क्षयरोगमुक्त अभियान अन्तर्गत पुर्चाैडी नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपिन लेखकले बताउनुभयो ।
शिविरमा एआइ जडित डिजिटल एक्सरेमार्फत छातीको एक्सरे गरिएको र शंकास्पद बिरामीहरुको खकार परीक्षण गरेर क्षयरोग भए/नभएको पत्ता लगाईएको लेखकले बताउनुभयो ।
शंकास्पद बिरामीको खकार परीक्षण गर्दा थप ६ जनामा क्षयरोग पुष्टि भएको र उनीहरुलाई उपचारको दायरामा ल्याइएको लेखकले बताउनुभयो ।
यसअघि पुर्चौंडीमा २१ जना क्षयरोगका बिरामी उपचाररत रहनुभएको छ । यस्तै सुर्नया गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएको खोजपड्ताल शिविरबाट थप ६ जना क्षयरोगका बिरामी फेला परेका क्षयरोगमुक्त अभियानका संयोजक धुव्रचन्द्र जोशीले बताउनुभयो । यस्तै नयाँ बिरामीहरुलाई उपचारको दायरमा ल्याइसकेको उहाँले बताउनुभयो ।
समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन खोजपड्ताल शिविरको आयोजना गरिएको सूर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो ।
बैतडीमा १ सय २ जना क्षयरोगका बिरामी उपचाररत रहनुभएको छ । पुर्चौंडी र सूर्नयामा १२ जना नयाँ बिरामी फेला परेपछि क्षयरोगीको संख्या १ सय १४ जना पुगेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी लेखकले बताउनुभयो ।
समुदायमा रहेका क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउनका लागि सबैले सहयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।
लगातार दुई हप्ता भन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुनु क्षयरोगका लक्षणहरु हुने स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने उहाँले बताउनुभयो ।
क्षयरोगको औषधि सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क पाइने गरेको छ, भने ६ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img