केशव भट्ट,बैतडी। जिल्लाको सुर्नया गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ ।
सुर्नयागाउँ पालिका ५ स्थित पपितामा निर्माण भइरहेको अस्पतालको हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले बताए ।
उहाँले भन्नुभयो, “ १० श्यया अस्पताल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको छ । पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेकोले करिब ७० प्रतिशत काम सम्पन्न भईसकेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार सुर्नया पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष मन्जु बोहराले बताउनुभयो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु १४ करोडमा सिएम,एस,के शिवलिङ जेबीसँग विसं २०७८ मा भवन निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ।
निर्धारित समयसीमा सकिएपछि म्याद आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बोहराले बताए।
स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले बताए।
ग्रामिण क्षेत्रका नागरिकले गाउँमा सहज र सुलभ रूपमा स्वास्थ्य सेवा दिने लक्ष्य रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले बताए ।
सुर्नयामा १० श्ययाको अस्पताल निर्माणकार्य ७०प्रतिशत पूरा





