spot_img

बैतडीको शिवनाथमा भएको दुई दिने निशुल्क आँखा शिविरमा, १ सय १३ को शल्यक्रिया

- Advertisement -

बैतडीको शिवनाथ गाउँपालिकामा दुई दिने निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर साउँदले बताए ।

दुई दिने शिविरमा १ सय १३ जनाले आँखाको शल्यक्रिया गरिएको साउदले बताए । यस्तै चार सय ५० जनाले ओपिडी सेवा लिएका उनले बताए ।

शिविरमा आँखा कमजोर भएका १ सय १५ लाई निः शुल्क चस्मा बितरण गरिएको छ।

गाउँपालिकाबासीहरुलाई आँखा स्वास्थ्य सम्बन्धी सेवा दिने उद्देश्यले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर आँखा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए ।

गाउँपालिकाले गत बर्षपनि च्यारिटी हेल्थ फाउण्डेसन, धनगढी नेत्रालयसंगको सहकार्यमा शिविर सञ्चालन गरेको बताउँदै अध्यक्ष साउँदले यो बर्ष पनि शिविर सञ्चालन गरिएको जानकारी दिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानीय तहहरुमा आयोजना गरिएका शिविरमा प्राविधिक सहयोग गर्दै आएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए ।

शिविरमा च्यारिटी हेल्थ फाउण्डेसन नेपालका अध्यक्ष एवं बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टीमले सेवा जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img