spot_img

तलब कार्यान्वयन नभए सेवा ठप्प पार्ने आवासीय चिकित्सकको चेतावनी 

- Advertisement -

काठमाडौं– आन्दोलनरत निजी मेडिकल कलेजहरूमा कार्यरत आवासीय चिकित्सकहरूले तलब कार्यान्वयन नभएसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी  दिएका छन् । 

चिकित्सा शिक्षा आयोग र सम्बन्धित विश्वविद्यालयले तोकेको आठौँ तहको तलब तत्काल लागू गर्न माग गर्दै विगत २८ दिनदेखि आन्दोलनरत चिकित्सकहरूले बुधबार विज्ञप्ति जारी गर्दै हामी तलबका लागि बिन्ती गरिरहेका होइनौँ, यो हाम्रो मिहिनेतको न्यूनतम सम्मान हो भनेका छन् । चिकित्सकहरूले आफूहरूले वर्षौंदेखि बिरामीहरूको सेवा गर्दै आएको, पारिवारिक दूरी, निद्रा र व्यक्तिगत समयको त्याग गरेर काम गरिरहे पनि संस्थाहरूले उचित मूल्य नदिएको गुनासो गरेका छन् । 

निजी कलेजहरूले सम्बन्धित निकायको निर्देशन हुँदाहुँदै पनि कानुनी तलब नदिई खुलेआम उल्लङ्घन गरिरहेका उनीहरूको आरोप छ । यसबाहेक आन्दोलनका क्रममा विभिन्न किसिमको मानसिक दबाब, धम्की र दमनको सामना गर्नुपरेको उनीहरूले बताएका छन् । 

कतिपय साथीहरूलाई व्यक्तिगत रूपमा बोलाएर डर देखाउने, कक्षाबाट हटाउने चेतावनी दिने, दर्ता रोक्ने वा निष्कासनको धम्की दिने काम भइरहेको छ, विज्ञप्तिमा भनिएको छ ।

दलीय ‌‌ओत पाएका निजी मेडिकल कलेजसामु निरीह सरकार, आवासीय डाक्टरका पीडा कसले सुनिदिने रु उनीहरूले तलब कार्यान्वयन नभएसम्म सम्पूर्ण नियमित चिकित्सकीय सेवा बन्द गर्ने चेतावनी  दिएका छन् । साथै, उनीहरूले शिक्षक, वरिष्ठ चिकित्सक, मानव अधिकार संस्था र श्रमकर्मीहरूलाई आफ्नो आवाजमा साथ दिन आग्रह गरेका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img