spot_img

शिवनाथमा दश शैय्याको अस्पताल निर्माण धमाधम

- Advertisement -


बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा १० शैय्याको आधारभूत अस्पताल भवन निर्माणको काम धमाधम अघि बढेको छ।
शिवनाथ गाउँपालिका वडा नं ६ सुल्लेखानमा स्थित निर्माण भइरहेको अस्पताल निर्माणको काम ५० प्रतिशत पूरा भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । उहाँले भन्नभयो, ‘१० शैय्या अस्पताल निर्माण कार्य द्रुतगतिमा भइरहेको छ,दुई ब्लकमा छत ढलान गरी तेस्रोको कार्य प्रगतितर्फ छ । पछिल्लो समय अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार शिवनाथमा पनि १० शय्याको अस्पताल निर्माणको काम भइरहेको अध्यक्ष साउँदले बताउनुभयो ।
जसका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भए अनुसार २०७८ सालमा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो । अस्पताल भवन करिब नौ करोड रुपैयाँको लागतमा निर्माण भैरहेको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो ।
अस्पताल निर्माणको जिम्मा एस मित्र जेभी निर्माण कम्पनीले पाएको र आउँदो असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको महताले बताउनुभयो ।
स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत महताले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अस्पताल निर्माणपछि उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । नागरिकले गाउँमै सहज र सुलभरुपमा स्वास्थ्यसेवा दिने हाम्रो लक्ष्य छ। त्यसैले अस्पताल निर्माणको कामलाई तिव्र प्राथमिकतामा राखेका छौं ।’
१० शैय्याको अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकसहित २२ स्वास्थकर्मी र कर्मचारी रहने व्यवस्था गाउँपालिकाले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img