spot_img

कांग्रेस इतर समूहले चारतारे चौतारी अभियानलाई निरन्तरता दिने

- Advertisement -


बैतडी असोज ११ गते ।

नेपाली कांग्रेस बैतडीको संस्थापन इतर समूहले संगठन विस्तारका लागि ‘चारतारे चौतारी’ अभियानलाई निरन्तरता दिने जनाएको छ। समूहले असोज १५ गतेदेखि समानान्तर वडा अधिवेशनको तयारीसमेत थालेको छ।


अधिवेशन आयोजक समितिका संयोजक एवं कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्टले गाउँ, टोल र बस्ती तहसम्म कार्यकर्ता तथा नागरिकसँग संवाद बढाउन चारतारे चौतारी अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

संगठन रूपान्तरणका लागि युवा, महिला र दलितलाई लक्षित ‘त्रिकोण कार्यक्रम’, ग्रामीण अर्थतन्त्रको विकासका लागि सार्वजनिक बहस, सामाजिक सद्भाव तथा जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने बिष्टले बताउनुभयो ।

ग्रामीण अर्थतन्त्रको विकासबिना समग्र आर्थिक विकास सम्भव नहुने भन्दै विष्टले कृषि, स्थानीय उत्पादन, पर्यटन र स्वरोजगारका विषयमा स्थानीयस्तरबाटै बहस आवश्यक रहेको बताएका छन ।

संस्थापन इतर समूहले जिल्लाका ८४ वटै वडामा समानान्तर समिति गठन गर्ने तयारी गरेको जनाएको छ। यसअघि संस्थापन पक्षले वडा, क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सम्पन्न गरिसकेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img