spot_img

कांग्रेस अधिवेशनमा बैतडीका तीन विध्यार्थी नेत्री

पार्टीका विभिन्न तहमा युवाको सहभागिता बढ्दै जानुले पार्टीभित्र नयाँ पुस्तालाई स्थान दिन थालिएको महसुस भएको उनीहरूको भनाइ छ।

- Advertisement -

बैतडी, असोज १० गते । नेपाली कांग्रेस बैतडीको १५औँ जिल्ला अधिवेशनबाट जिल्लाका तीन विध्यार्थी नेत्री महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

कम उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका पाटन नगरपालिका–४ की भागरथी भट्ट केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मेलौली नगरपालिका–२ की २१ वर्षीया सरिता भट्ट र पाटन नगरपालिका–६ की २१ वर्षीया स्वस्तिका बिष्ट ३५ बर्षमुनिको कलस्टरबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्।

भागरथी लामो समयदेखि नेपाल विद्यार्थी सङ्घमा सक्रिय रहँदै आएकी छन्। विद्यार्थी तथा भ्रातृ एवं शुभेच्छुक संस्थामा आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय भट्ट पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत भइसकेकी छन्। उनले विभिन्न सङ्घसंस्थामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत सहभागिता जनाउँदै आएकी छन्।

यस्तै, २१ वर्षीया सरिता भट्ट सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको २०८१ सालको स्ववियु निर्वाचनमा उनी ‘म्यान अफ द इलेक्सन’ घोषित भएकी थिइन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय रहेकी भट्ट नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएकी हुन्।

पाटन नगरपालिका–६ की २१ वर्षीया स्वस्तिका बिष्ट पनि विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय भएकी हुन्। पद्मकन्या क्याम्पसको स्ववियु सदस्य भइसकेकी बिष्ट प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन्। परिवारको राजनीतिक पृष्ठभूमि र लोकतान्त्रिक पार्टीप्रतिको आस्थाका कारण आफू राजनीतिमा लागेको उनले बताइन्।

तीनै युवा नेत्रीले पछिल्लो समय नेपाली कांग्रेसमा युवाले अवसर पाउँदै गएको बताएका छन्। पार्टीका विभिन्न तहमा युवाको सहभागिता बढ्दै जानुले पार्टीभित्र नयाँ पुस्तालाई स्थान दिन थालिएको महसुस भएको उनीहरूको भनाइ छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img