spot_img

कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न, बैतडीबाट ३२ प्रतिनिधि चयन

यसअघि १५औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भई सबै पालिकामा नेतृत्व निर्विरोध चयन भएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

- Advertisement -

बैतडी, असोज १० गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडीमा जिल्ला अधिवेशन सम्पन्न भएसँगै महाधिवेशनमा जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरूको टुङ्गो लागेको छ ।

अधिवेशनबाट बैतडीमा ३२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिमा पार्टीका जिल्ला तथा स्थानीय तहमा सक्रिय नेतादेखि महिला, दलित तथा विभिन्न समुदायको प्रतिनिधित्वसमेत समेटिएको कांग्रेस बैतडीले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिमा चतुरबहादुर चन्द, नरेन्द्रसिंह थापा, केशवबहादुर चन्द, विष्णुदत्त जोशी, नरेन्द्रप्रसाद भट्ट, गौरीसिंह रावल, खगेन्द्रसिंह धामी, हरिसिंह धामी, कर्णसिंह साउँद, दशरथसिंह चाँड, प्रेमबहादुर चन्द, ईश्वरदत्त भट्ट, पूर्ण बोहरा, नरेन्द्र साउँद, शिवराज भट्ट, गजेन्द्रबहादुर चन्द र दिपेन्द्रबहादुर चन्द चयन भएका कांग्रेस बैतडीले जनाएको छ।

यस्तै मिना चन्द, जानकी भट्ट, कुश्मा चन्द, प्रेरणा थापा, द्रोपती चन्द, बसन्ती बम, राजु भट्ट, टेक विश्वकर्मा, गोविन्द परियार, बिमला महर, कौशिला चन्द, हरिश बोहरा, भागरथी भट्ट, दिपेन्द्र ढुंगाल र कृष्णसिंह ठगुन्नासमेत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

यससँगै प्रदेश सभा क्षेत्रीय सभापति र पालिका सभापतिहरू पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको कांग्रेस बैतडीले जनाएको छ । प्रदेश सभा ‘क’ का क्षेत्रीय सभापति गणेश गडाल र ‘ख’ का क्षेत्रीय सभापति लोकराज भट्टसहित क्षेत्रीय कार्यसमिति पनि गठन भएको जनाइएको छ ।

प्रदेश अधिवेशनका लागि भने २४/२४ जना प्रतिनिधि छनोट भएको जानकारी कांग्रेस बैतडीले दिएको छ । यसअघि १५औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भई सबै पालिकामा नेतृत्व निर्विरोध चयन भएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

कांग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार जिल्ला तहको अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन तथा कार्यसमिति निर्वाचन गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img