spot_img

बैतडीको पञ्चेश्वरमा दुई दिने निः शुल्क आँखा शिबिर संचालन हुने

- Advertisement -

बैतडीको पञ्चेश्वरमा दुई दिने निः शुल्क आँखा शिबिर हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा रहेको कुलाउ स्वास्थ्य चौकिमा जेठ ८ र ९ गते निः शुल्क आँखा शिबिर सञ्चालन हुने भएको हो।

गाउँपालिको आयोजना तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग र धनगढी नेत्रालय कैलाली र श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिबिर हुन लागेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए।

शिविरमा निः शुल्क आँखा चेकजाँच तथा औषधि बितरण, मोतीविन्दु तथा आँखामा मासु पलाएका बिरामीको निःशुल्क सल्यक्रिया, आवश्यक बिरामिलाइ नजिकको हेर्न मिल्ने चस्मा बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम सागर शाहले बताए।

साथै ५ र ६ नम्बरका बिरामीलाई जेठ ६ गते निशुल्क मोतीबिन्दु छनौट शिविर गणमेश्वर अधारभुत बिद्यालयामा हुने गाउँपालिकाले जनाएको छ। आर्थिक अवस्था कम्जोर भएर धनगढीसम्म आँखाको उपचार गराउन आउन नसक्ने सेवाग्राहीलाई स्थानीयस्तरमै गएर सेवा दिन्ने उद्देश्यले धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको धनगढी नेत्रालयले जनाएको छ।

जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दको भनाई छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर

0
बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा गोविन्दप्रसाद आचार्य हाजिर हुनुभएको छ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img