spot_img

कांग्रेस महाधिवेशन : खस आर्यतर्फ केन्द्रीय सदस्य उम्मेदवार बने हरक सिंह बिष्ट

- Advertisement -

दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा हरक सिंह बिष्टले केन्द्रीय सदस्य (खस आर्य खुलातर्फ) उम्मेदवारी दिएका छन्।
बिष्टले पार्टीभित्र एकता, समृद्धि र सबल कांग्रेस निर्माणलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। उनले महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग अमूल्य मतसहित सहयोगका लागि आग्रह गरेका छन्।


बिष्टले नेपाल विद्यार्थी संघ, दार्चुलाको सचिव हुँदै राजनीतिक यात्रा अघि बढाएका हुन्। त्यसपछि उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए।


कांग्रेस दार्चुलाको पूर्वजिल्ला सचिव समेत रहेका विष्टले पार्टीको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको भूमिकासमेत निर्वाह गरिसकेका छन् ।
“एकता, समृद्धि र सबल नेपाली कांग्रेस”लाई आफ्नो मुख्य राजनीतिक नाराका रूपमा अघि सार्दै उनले पार्टीलाई थप एकताबद्ध, बलियो र जनतासँग जोडिएको बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता गरेका छन् ।


खस आर्य खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बिष्टले महाधिवेशन प्रतिनिधिहरूसँग समर्थन र सहयोगका लागि अपिल गरेका छन्।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कांग्रेस केन्द्रीय सदस्यमा गोवर्द्धन कोलीको उम्मेदवारी

0
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोवर्द्धन कोलीले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) पदमा उम्मेदवारी दिएका छन्।

बैतडीबाट २५ वर्षीया युवा महिला नेतृ भागरथी भट्टको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

0
बैतडीमा हुर्किएर विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी २५ वर्षीया युवा नेतृले नेपाली कांग्रेसको केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश युवा महिला पदमा उम्मेदवारी दर्ता गरेकी छन्।

सुर्नयाका सातै वडामा कांग्रेस इतर समूहको अधिवेशन सम्पन्न

0
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैतडीको सुर्नया गाउँपालिकाका सातै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img