spot_img

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

शिक्षक नियुक्ति प्रक्रिया निष्पक्ष नभएको आरोप लगाउँदै परीक्षामा सहभागी एक परीक्षार्थीले विद्यालयमा तालाबन्दी गरेकी हुन् ।

- Advertisement -

बैतडी, असोज १९ गते । पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ । शिक्षक नियुक्ति प्रक्रिया निष्पक्ष नभएको आरोप लगाउँदै परीक्षामा सहभागी एक परीक्षार्थीले विद्यालयमा तालाबन्दी गरेकी हुन् ।

विद्यालयको आधारभूत तहमा नेपाली विषयको शिक्षक नियुक्तिका लागि पाटन नगरपालिकाले आइतबार परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा राधिका कुमारी पन्त, यशोदा भट्ट, सुरेशप्रसाद पन्त र मानमती अवस्थी पन्त सहभागी भएका थिए । परीक्षाबाट राधिका कुमारी पन्त शिक्षक पदमा छनोट भएकी छन् ।

शिक्षक नियुक्ति प्रक्रिया निष्पक्ष नभएको भन्दै परीक्षामा अनुत्तीर्ण यशोदा भट्टले सोमबार बिहान विद्यालयमा तालाबन्दी गरेको जनाइएको छ ।

पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितकुमार पाण्डेयले भने शिक्षक नियुक्तिमा कुनै प्रकारको पक्षपात नभएको बताउनुभयो । परीक्षामा सहभागीमध्ये एक जना मात्रै दोस्रो चरणमा प्रवेश गरेको र उहाँ नै शिक्षक पदमा छनोट भएको उहाँले बताउनुभयो ।

“परीक्षामा सहभागीमध्ये एक जना मात्रै दोस्रो चरणमा प्रवेश गर्नुभएको थियो । उहाँ नै शिक्षक पदमा उत्तीर्ण हुनुभएको हो,” उहाँले भन्नुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कांग्रेस केन्द्रीय सदस्यमा गोवर्द्धन कोलीको उम्मेदवारी

0
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोवर्द्धन कोलीले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) पदमा उम्मेदवारी दिएका छन्।

सुर्नयाका सातै वडामा कांग्रेस इतर समूहको अधिवेशन सम्पन्न

0
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैतडीको सुर्नया गाउँपालिकाका सातै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img