spot_img

मौसम विभागद्वारा रेड अलर्ट जारी

विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ । 

- Advertisement -

धनगढी, असोज ७ गते । अन्डमान सागरआसपास बनेको न्यून चापीय प्रणाली शक्तिशाली हुँदै गएकाले यही असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठुलो वर्षा गराउने सम्भावना थप उच्च बनेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मङ्गलबार विभागले रेड अलर्ट जारी गरेको छ । विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा उच्च हावाहुरीसहित ठुलो वर्षा हुने सम्भावना छ । 

त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि ठुलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ । सम्भावित वर्षाका कारणले भूक्षय, बाढीपहिरो तथा गेग्य्रान बहाबको उच्च जोखिमसँगै सहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औँल्याएको छ ।

देशका ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्रआसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ । यसैबिच गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको उच्च वर्षाबारे मौसम विज्ञान पुगेर जानकारी लिनुभएको छ । मन्त्रीद्वयलाई विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठलगायतले सम्भावित विपत्को जोखिमबारे ब्रिफिङ गर्दै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो । 

मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रूपमा परिचालित हुँदै उच्च समन्वयमा काम गर्न मौसम विभागका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन सरकारको तर्फबाट आह्वान गर्नुभयो । गृहमन्त्री गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नदी तटीय क्षेत्रमा टिम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौँ ।” 

विपत् प्रतिकार्य संयन्त्र तयारी अवस्थामा

अन्डमान सागरमा विकसित न्यून चापीय प्रणाली बलियो बन्दै गएपछि नेपालमा पनि भारी वर्षा हुने सम्भावना छ । त्यसलाई दृष्टिगत गर्दै एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले उक्त प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने प्रारम्भिक प्रक्षेपणपछि ७७ वटै जिल्लामा रहेका विपत् प्रतिकार्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको बताउनुभयो । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अन्तर्गत सम्भावित बाढीपहिरो, डुबान, नदी कटान तथा चट्याङलगायत विपत्का लागि सङ्घ, प्रदेश र स्थानीय तहदेखि सुरक्षा निकायसम्मको एकीकृत संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको छ ।

महतले भन्नुभयो, “सम्भावित जोखिमको न्यूनीकरणका लागि तीन वटै सुरक्षा निकायसँगै विषयगत निकायलाई एकीकृत रूपमा परिचालन गरिएको छ ।”  उहाँले केन्द्रदेखि स्थानीय तहसम्म मनसुन प्रतिकार्य कमान्ड पोस्ट तथा आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालनमा राखिएको बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img