spot_img

सरल स्वभावका भट्ट प्रेस युनियनको जिल्ला नेतृत्वमा कसरी पुगे ?

- Advertisement -

सरल स्वभाव, निरन्तरको मेहनत र पेशाप्रतिको इमानदारितालाई आधार बनाउँदै पत्रकारितामा क्रियाशील भट्टको पत्रकारिता यात्रा रेडियो निङ्लाशैनीबाट सुरु भएको हो।

बैतडी, असोज २ गते । बैतडीको विकट भूगोलमा पत्रकारिता सुरु गर्दा केशवराज भट्ट सँग न पर्याप्त स्रोतसाधन थियो, न सहज वातावरण नै। तर, पेशाप्रतिको निरन्तर लगाव र कर्मप्रतिको विश्वासले उहाँलाई आज जिल्ला पत्रकारिताको नेतृत्व गर्ने जिम्मेवारीसम्म पुर्‍याएको छ ।

सामान्य परिवारमा जन्मिएर भौगोलिक विकटता, आर्थिक अभाव र पारिवारिक चुनौतीका बीच पत्रकारितालाई निरन्तर कर्म बनाउँदै आउनुभएका भट्ट शुक्रबार सम्पन्न सातौँ अधिवेशनबाट प्रेस युनियन बैतडीको अध्यक्षमा निर्वाचित हुनुभएको हो।

सरल स्वभाव, निरन्तरको मेहनत र पेशाप्रतिको इमानदारितालाई आधार बनाउँदै पत्रकारितामा क्रियाशील भट्टको पत्रकारिता यात्रा रेडियो निङ्लाशैनीबाट सुरु भएको हो। त्यसपछि उहाँले रेडियो सेभेन स्टार, बाशुलिङ मिडिया, खबर बोर्ड अनलाइन, न्युज २४ टेलिभिजन हुदै हाल उहाँ (अंग्रेजी संस्करण) द राइजिङ नेपाल र गोर्खापत्रमा राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ।

पत्रकारिता सुरु गर्दाको समय अहिलेभन्दा सहज थिएन। विकट भूगोलमा सञ्चारको सीमित पहुँच, स्रोतसाधनको अभाव र आर्थिक चुनौतीका बीच पनि उहाँले पेशालाई निरन्तरता दिनुभयो। कठिन परिस्थितिले कहिलेकाहीँ चुनौती थपे पनि पत्रकारिताप्रतिको लगावले उहाँलाई अघि बढाइरह्यो। समाचार लेखनदेखि ग्रामीण क्षेत्रका नागरिकका आवाज सञ्चारमाध्यममा पुर्‍याउने कामसम्म निरन्तर सक्रिय रहँदै आउनुभएका भट्टले पत्रकारितालाई जीविकोपार्जनको माध्यममा मात्र सीमित राख्नुभएन। समाजका समस्या उजागर गर्ने, नागरिकका सवाल उठाउने तथा विकास र सम्भावनाका विषयलाई सञ्चारमाध्यममा स्थान दिने कामलाई उहाँले पत्रकारिताको जिम्मेवारीका रूपमा लिनुभयो।

जिल्लाका ग्रामीण बस्तीमा देखिएका समस्या, नागरिकले भोगिरहेका कठिनाइ, विकासका सम्भावना तथा स्थानीय स्तरमा भइरहेका सकारात्मक अभ्यासलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्ने उहाँको निरन्तरताले सहकर्मीबीच पहिचान बनाउन सहयोग गरेको छ। त्यही निरन्तरता, सरल व्यवहार र सहकर्मीबीचको विश्वासले उहाँलाई प्रेस युनियनको जिल्ला नेतृत्वसम्म पुर्‍याएको हो। अध्यक्षमा निर्वाचित भएपछि भट्टले आफ्नो जीतलाई व्यक्तिगत उपलब्धिभन्दा पत्रकारिता क्षेत्रले दिएको जिम्मेवारीका रूपमा लिनुभएको छ। “मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुहुने सबैप्रति आभारी छु। यो जिम्मेवारी मेरो व्यक्तिगतभन्दा पनि समग्र पत्रकारिता क्षेत्रको हो,” उहाँले भन्नुभयो।

निर्वाचनपछि उहाँले आफूलाई नेतृत्वमा पुर्‍याउन सहयोग गर्ने अग्रज पत्रकार, सहकर्मी, शुभेच्छुक, राजनीतिक दलका नेता तथा विभिन्न क्षेत्रका व्यक्तिप्रति आभार व्यक्त गर्नुभएको छ। प्राप्त विश्वासलाई पत्रकारको हकहितसँगै जिल्लाको पत्रकारिता क्षेत्रको व्यावसायिक विकासमा उपयोग गर्ने उहाँले बताउनुभएको छ। प्रेस युनियनको जिल्ला नेतृत्व सम्हाल्दै उहाँले पत्रकारको पेशागत सुरक्षा, हकहित र क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ। प्रेस स्वतन्त्रताको संरक्षणसँगै तथ्यमा आधारित, जिम्मेवार र मर्यादित पत्रकारिताको विकासमा जोड दिने उहाँको भनाइ छ।

समाजलाई सही र सकारात्मक सूचनामार्फत सुसूचित गराउनु पत्रकारिताको महत्वपूर्ण दायित्व भएको बताउँदै उहाँले विकृति र विसंगतिविरुद्ध खबरदारीसँगै समाजमा भइरहेका सकारात्मक काम, विकासका सम्भावना र नागरिकका सफल अभ्यासलाई पनि सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ।

नयाँ जिम्मेवारीसँगै अग्रज पत्रकारको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर अघि बढ्ने उहाँको योजना छ। पत्रकारका समस्या समाधानका लागि स्थानीय तह, सरकारी निकाय, राजनीतिक दल, नागरिक समाज तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

विकट भूगोलबाट सीमित स्रोतसाधनका बीच पत्रकारिता सुरु गरेर विभिन्न सञ्चारमाध्यम हुँदै राष्ट्रिय दैनिकसम्मको यात्रा तय गर्नुभएका भट्टका लागि प्रेस युनियनको जिल्ला अध्यक्षको जिम्मेवारी उहाँको पत्रकारिता यात्राको अर्को महत्वपूर्ण खुड्किलो रुपमा रहेको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img