बैतडी :बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ।आगामी भएको छ।
मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा फागुन १५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबलको हुन लागेको हो।
उक्त प्रतियोगिता फागुन १५देखि १८ सम्म सञ्चालन हुने ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताउँन भयो । प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने सचिव चन्दले बताउनुभयो।
प्रतियोगिताका विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव चन्दले जानकारी दिनुभयो। यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार समेत दिइने चन्दले बताउनुभयो
सहभागी हुन चाहने टोलीले फागुन १० गतेभित्र टिम दर्ता गराइ सक्नुपर्नेछ। यसअघि सम्पन्न प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौली नगरपालिकाले जितेको थियो।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ। जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।










