बैतडीको सुर्नया गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।
शंकर संस्कृत मावि मूलखटालीको प्राङ्गणमा संचालन भएको चौथो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता बिहीबार सम्पन्न अबेर सम्पन्न भएको हो।
यही माघ २२ देखि संचालन भएको चौथो राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा गाउँपालिका भरीका माध्यमिक तहका १३ विद्यालयका विद्यार्थीहरूको सहभागी रहेको थियो।
गाउँपालिकाको वडा नम्बर ६मा सञ्चालन भएको पालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि शंकर संस्कृत मावि मूलखटालीले जितेको छ।
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको पालिका स्तरिय प्रतियोगितामा ८स्वर्ण ३रजत ६कास्य गरि १७पदक प्राप्त गरि शंकर संस्कृत मावि प्रथम भएको हो।
यस्तै प्रतियोगितामा ७ स्वर्ण, ४रजत र ६ कास्य सहित १७ पदक प्राप्त गरि केदार मावि कटमडा दोश्रो भएको छ।
प्रतियोगितामा ४स्वर्ण, ५ रजत र २ कास्य पदक प्राप्त गरि रौलेश्वर माविले तेश्रो स्थान प्राप्त गरेको हो। पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्डमा पालिकाभरिका १३ वटा बिद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि टीम तयार गरिने बताइएको छ ।





