केशब भट्ट,बाशुलिङ्ग समाचारदाता बैतडी ।
बैतडी:बैतडीको शिवनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनु भयो।
पालिकाभित्रका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ७ हजार ५ सय रुपैयाँ, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको महताले बताउनुभयो ।
गाउँपालिकाबासीहरुलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले भूमिकाउच्च रहेको भन्दै नगदसहित सम्मान गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो। गाउँपालिकाले चालु आर्थिक बर्षमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्ने कार्यक्रम राखेको र सोही अनुसार उनीहरुलाई सम्मान गरिएको अध्यक्ष साउँदले बताउनुभयो ।
संघीय सरकारले महिला स्वास्थ् स्वयंसेविकाहरुलाई प्रोत्साहनगर्न १० हजार रुपैयाँ लुगाभत्ता र १२ हजार रुपैयाँ यातायात खर्च बार्षिक रुपमा उपलब्ध गराउँदै आएको छ ।














