spot_img

बैतडीको पञ्चेश्वरमा दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालनमा,कुलाउमा आँखा उपचार केन्द्र स्थापन गर्ने तयारी

- Advertisement -

बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबार दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सुरु भएको छ। गाउँपालिको कुलाउ स्वास्थ्य चौकी पञ्चेश्वर–०३ मा शिविरमा सञ्चालन भएको हो ।

च्यारिटि हेल्थ फाउण्डेशन नेपालको आर्थीक सहयोग र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । आर्थिक अवस्था कमजोर भएका तथा धनगढी, काठमाण्डौ गएर उपचार गर्ने नसक्नेका लागि कुलाउमा आँखा जाँच गरेर शल्यक्रिया गर्ने गरी शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।

गाउँपालिकाले शिवर स्थलसम्म आउन नसक्ने अशक्तहरुका लागि गाडीको समेत व्यवस्था गरेर उपचार गराइरहेको उहाँले बताउनुभयो ।

शिविरको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्षा चन्दको अध्यक्षता, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको प्रमुख अतिथी तथा गाउँपालिका उपाध्यक्ष बिना भट्ट विशिष्ट अतिथी रहेका थिए ।

बुधबार छनोट शिविर गरेर वडा न ५ र ६ का नागरिकको मोदुविन्दुकोशल्यक्रिया गर्नका लागि छनोट भएकाहरु समेत कुलाउमा अपरेशन भएको गाउँपालिका स्वास्थ शाखामा कार्यरत पोषण सम्र्पक व्यक्ती नारायण राम सार्कीले बताउनभयो ।

उनको अनुसार आज ८० जनाको आखाको शल्यक्रिया गरिएको छ । कुलाउमै धनगढीमा पाउने सेवा दिएर पुनः संसार देख्ने अवसर दिएकाे भन्दै गाउँपालिका र धनगढी नेत्रालयलाइ सेवा ग्राहीले धन्यावाद समेत दिएका छन ।

शिविर भोली शुक्रबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । धनगढी नेत्रालयकाे सहयाेगमा गाउँपालिकाले कुलाउमा आँखा उपचार केन्द्र स्थापन गर्ने समेत तयारी भइरहेकाे अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

कांग्रेस केन्द्रीय सदस्यमा गोवर्द्धन कोलीको उम्मेदवारी

0
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गोवर्द्धन कोलीले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) पदमा उम्मेदवारी दिएका छन्।

सुर्नयाका सातै वडामा कांग्रेस इतर समूहको अधिवेशन सम्पन्न

0
नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैतडीको सुर्नया गाउँपालिकाका सातै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img