spot_img

धनगढीमा एउटा कार्यक्रमको उद्घाटन मादल बजाएर गरियो

- Advertisement -

कैलालीमा एउटा कार्यक्रम मादल बजाएर उद्घाटन गरिएको छ । शनिबार धनगढीमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिम प्रदेशको तेस्रो महाधिवेशनको मादल बजाएर उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मादल बजाउदै कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै उनले मिडियामा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको बताए । उनले नेतृत्व तहमा समेत आदिवासी जनजाति पत्रकार पुगिरहेको बताए ।

प्रदेशले चाँडै आमसञ्चार नीति ल्याउने उनको भनाई थियो । ‘अहिले मन्त्रालयमा सचिव र उपसचिव नभएकाले यो अगाडि बढ्न सकेको छैन, तर सञ्चार नीतिका लागि धेरै छलफल भइसकेको छ’ मुख्यमन्त्री शाहले भने ‘अब पत्रकारहरूसँग अन्तिम पटक छलफल गरेर यसलाई चाँडै प्रदेश सभामा लैजान्छौं ।’

उनले पछिल्लो समयमा मिडियाले सरकारमाथी अलि बढी निर्भर हुनुपरेको उल्लेख गरे । मिडिया सञ्चालनमा कठिनाई भएका कारण पछिल्लो समय मिडियाहरु सरकारमाथी बढी निर्भर हुनुपरेको उनले बताए । उनले प्रदेश सरकारले पत्रकारको विकासका लागि चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको बताए ।

यसैगरी, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले गरेका काम र विकासको कुरा देखाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेको बताईन । उनले कसैको पनि दबाबमा नपरेर कलम चलाउन आग्रह गरिन ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img