spot_img

मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयास

- Advertisement -

काठमाडौँ, २ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको उल्लेख गर्दै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताउनुभयो । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनका अवसरमा उहाँले भन्नुभयो, “यो ल्याबको प्रभावकारिता दीर्घकालीन रुपमा कायम गर्नुपर्नेछ । यस्ता ल्याब अब सबै प्रदेशमा पनि विस्तार गर्नुपर्छ ।”  यो ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ ।

वन हर्ट वल्र्डवाइडको सहयोगमा निर्माण भएको सिमुलेसन ल्याब मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्नमा प्रयोग हुनेछ । स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले ल्याबको सञ्चालन र प्रभावकारिता वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्तिको चुनौती पनि छ । ल्याब सुरु गर्नु ठूलो कुरा हो तर त्योभन्दा ठूलो कुरा निरन्तर रुपमा सञ्चालन गर्नु हो ।”

मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरुका लागि चिकित्सकीय विधिहरुको अभ्यास गर्न यस प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रयोगशालाले चिकित्सकीय सीप सिक्ने तथा सिकाउने र नयाँ सीपमा दक्षता विकास गर्न एवं उच्च सीपयुक्त रही कार्यसम्पादन गर्न मद्दत पुग्ने अपेक्षा छ ।” 

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img