spot_img

विपद्मा सहयोग जुटाउन बैतडी कांग्रेसको पहल, राहत कोषमा एक लाख एक हजार दिने

- Advertisement -

बैतडी ।  नेपाली कांग्रेस बैतडीले रसुवालगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार गोकर्णापालीमा बसेको बैठकले नेपाल सरकारले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले विपद्को यस कठिन समयमा जिल्लावासीलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्दै पीडित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा एकजुट हुनसमेत आह्वान गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेकोमा जिल्ला कार्यसमितिले स्वागत तथा सम्मान व्यक्त गरेको छ ।

बैठकले रसुवालगायतका जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता भएकाको खोजी, जोखिममा रहेका नागरिक तथा विदेशी पर्यटकको तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

विपद्को समयमा उद्धार तथा राहतमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य प्रशासनिक निकायको भूमिका र समर्पणको प्रशंसा गर्दै बैठकले सम्मान व्यक्त गरेको जिल्ला कार्यसमितिले जनाएको छ ।

यसैगरी बैठकले नेपाली कांग्रेस बैतडीको आठौँ जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्लाका ८४ वटै वडा, १० वटै पालिका र दुईवटा प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई अधिवेशनपूर्व तयारीका आवश्यक काम अघि बढाउन जानकारी गराउने निर्णय गरेको छ । अधिवेशनसम्बन्धी आवश्यक निर्णय जिल्ला कार्यसम्पादन समितिको बैठकबाट गर्ने निर्णयसमेत भएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img