spot_img

रसुवाको बाढीपछि बैतडीका सात जना सम्पर्कविहीन

- Advertisement -

 

बैतडी । रसुवामा बुधबार आएको बाढी तथा पहिरोपछि बैतडीका सात जना नागरिक सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा सुर्नया गाउँपालिका–५ बिष्टपालीका केशव बिष्ट तथा डिलाशैनी गाउँपालिकाका पूर्णबहादुर धामी, उमेश धामी, वीरेन्द्र धामी र बिनिता बोहरा रहेका छन्।

यस्तै, सशस्त्र प्रहरीमा कार्यरत बैतडीका लक्ष्मणसिंह ऐरी र देवबहादुर चन्दसमेत सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। ऐरी सिगास गाउँपालिका र चन्द पञ्चेश्वर गाउँपालिकाका बासिन्दा रहेको बताइएको छ।

रसुवामा आएको बाढी तथा पहिरोका कारण उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ। सम्पर्कविहीन नागरिकको अवस्था यकिन गर्न सम्बन्धित निकायले खोजी तथा समन्वयको काम गरिरहेको जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img