spot_img

पञ्चेश्वरमा पुनः महाकाली प्रहरी चौकी स्थापना

- Advertisement -

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ घणेलामा महाकाली प्रहरी चौकी पुनः स्थापना गरिएको छ। आइतबारदेखि सहायक प्रहरी निरीक्षक यज्ञराज पाण्डेको कमान्डमा पाँच प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले बताउनुभयो।

करिब दुई वर्षअघि पञ्चेश्वर–२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा तत्कालीन चौकी इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि स्थानीयको विरोधका कारण प्रहरी चौकी अस्थायी रूपमा कुलाउमा सारिएको थियो।

चौकीको भवन जीर्ण, साँघुरो, बस्तीबाट टाढा र सञ्चार सम्पर्कसमेत कठिन भएकाले त्यसबेला चौकी सारिएको प्रहरीले जनाएको छ। पछिल्लो समय महाकाली क्षेत्रमा कुलाउबाटै प्रहरी गस्ती हुँदै आएको थियो।

महाकाली प्रहरी चौकी पुनःस्थापनासँगै स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग पुग्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img