spot_img

बैतडीमा ११औँ पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

- Advertisement -

बैतडी, असार २० गते । बैतडी जिल्लालाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा जिल्लाले लगातार ११औँ पटक उक्त उपलब्धि हासिल गरेको घोषणा गरिएको हो।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टका अनुसार जिल्लाका सबै १० स्थानीय तह र ८४ वटै वडाले पूर्ण खोप सुनिश्चितताको राष्ट्रिय मापदण्ड पूरा गरेपछि पुनः घोषणा गरिएको हो। उहाँले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको परिणामस्वरूप जिल्लाले यो उपलब्धि कायम राख्न सफल भएको बताउनुभयो।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार जिल्लामा जन्मेदेखि १५ महिनासम्मका तीन हजार ९३१ तथा १६ महिनादेखि ५९ महिनासम्मका ११ हजार ७९४ बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेका छन्। त्यसको आधारमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गरिएको हो।

बैतडी ११औँ पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। कार्यक्रममा अभियान सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्दै सामूहिक तस्विर। तस्विर ः केशवराज भट्ट
बैतडी ११औँ पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। कार्यक्रममा अभियान सफल बनाउन योगदान पुर्‍याउने स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्दै सामूहिक तस्विर। तस्विर ः केशवराज भट्ट

उहाँका अनुसार अनुगमनका क्रममा नियमित खोपबाट छुटेका जन्मेदेखि १५ महिनासम्मका एक जना र १६ महिनादेखि ५९ महिनासम्मका १७ जना बालबालिका फेला परेका थिए। उनीहरूलाई तत्काल खोप लगाएर पूर्ण खोप सुनिश्चित गरिएपछि जिल्लाले आवश्यक मापदण्ड पूरा गरेको हो।

प्रमुख भट्टले बैतडीले विगत ११ वर्षदेखि निरन्तर पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्था कायम राख्दै आएको जानकारी दिनुभयो। यस उपलब्धिलाई दीर्घकालसम्म जोगाइराख्न नियमित अनुगमन, अभिलेख व्यवस्थापन, खोपको पहुँच विस्तार तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ।

घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले पूर्ण खोप सुनिश्चितताको उपलब्धि कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस अवसरमा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका जिल्लाका १० जना स्वास्थ्यकर्मीलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सम्मानित स्वास्थ्यकर्मी प्रत्येक स्थानीय तहबाट एक–एक जना छनोट गरिएको जनाइएको छ।

स्वास्थ्य कार्यालयका अनुसार बैतडीलाई विसं २०७२ असार ६ गते नेपालकै सातौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। त्यसयता जिल्लाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्था कायम राख्दै आएको छ।

घोषणा कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

केशव राज भट्ट
केशव राज भट्टhttps://www.bashulingmedia.com/
उहाँ यस बाशुलिङ्ग मिडिया प्रा.लि का सञ्चालक हुनु का साथै गाेरखापत्रका जिल्ला समाचारदाता पनि हुनुहुन्छ ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img