spot_img

बैतडीका भण्डारीसहित चार मन्त्रीले लिए शपथ

- Advertisement -

बैतडी मङ्सिर २६ गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्रीको नियुक्ति गरेको छ। नवनियुक्त मन्त्रीहरूले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ लिने मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारी यसरी तोकिएको छ—

श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ।

माधव चौलागाईं – वन तथा वातावरण मन्त्रालय।

राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ।

र कुमार इङ्नाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय।

मन्त्रीपरिषद् विस्तारसँगै बैतडीका भण्डारीले श्रम तथा रोजगार क्षेत्रको नेतृत्व पाएका छन्, जसले सुदूरपश्चिमका रोजगारमुखी कार्यक्रमहरूमा नयाँ अपेक्षा जगाएको छ।

राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img