spot_img

बैतडीसहित सुदूरपश्चिममा अविरल वर्षा, जनजीवन प्रभावित

- Advertisement -

केशव भट्ट,(बैतडी)साउन २९ गते । विगत केही दिनदेखि परेको अविरल वर्षाले बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा दैनिक क्रियाकलाप प्रभावित भएका छन्। वर्षाका कारण यातायात सेवा अवरुद्ध हुनुका साथै शिक्षा, स्वास्थ्य र बजार आपूर्ति प्रणालीमा असर पुगेको छ।

बैतडीको पाटन–दशरथचन्द, पन्चेश्वर,सुर्नया, सिगास,पुर्चौडी लगायतका ग्रामिण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लगातारको बर्षाले सडक भासिनु, ठाँउ-ठाँउमा पहिरो खस्नु, नदी र खहरेखोलामा पानीको बहाव बढ्नुका कारण दुर्गम गाउँका बासिन्दाले दैनिक गतिविधि गर्न कठिनाइ भोगिरहेका छन्।

ग्रामीण भेगका गाउँबस्तीका विद्यालयहरूमा पानी पस्दा पढाइ रोकिएको छ भने पहिरोको जोखिमका कारण विद्यार्थीहरू विद्यालय जान सकेका छैनन्। स्वास्थ्य सेवा केन्द्रमा पुग्न समेत समस्या देखिएको स्थानीयहरुले बताएका छन्।

स्थानीय बासिन्दाले निरन्तरको वर्षाले खेतबारीमा पानिजमेको र घरबाहिर निस्कन समेत कठिन भएको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षा हुने र बैतडीसहित ४० जिल्लामा आकस्मिक बाढी पहिरोको जोखिमको सम्भावना रहेकोले बताउँदै सतर्क रहन समेत अनुरोध गरेको छ।

गएराति करिब ९ बजेतिर बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा सडकमाथिबाट ठूलो पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। यातायात आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताएका छन।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img