spot_img

संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा

- Advertisement -

काठमाडौँ, असोज ७ गते ।  प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउन अमेरिका आइपुग्नुभएको हो । 

प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू रहनुभएको छ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय छलफलअन्तर्गत सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग समेत भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाह अमेरिका आइपुग्नुअघि परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्कमा आयोजित विभिन्न द्विपक्षीय तथा साइडलाइन कार्यक्रम र भेटवार्तामा व्यस्त रहनुभएको छ।

परराष्ट्रमन्त्री खनालले महासभाका अवसरमा विभिन्न मुलुकका समकक्षी तथा उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपालको द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल गरिरहनुभएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img