बैतडी, फागुन २१ गते। आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२:२० बजेसम्म कुल २८ हजार १४१ मत खसेको छ। जसमध्ये १४ हजार ३४१ पुरुष, १३ हजार ७९९ महिला तथा १ अन्य मतदाता रहेका छन्।
जिल्लाभरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रशासनले जनाएको छ। साँझ ५ बजेसम्म मतदान सञ्चालन हुनेछ।














