spot_img

अतिक्रमित ३०० बिघा जग्गा छुटाउन सुदूरपश्चिम विश्वविद्यालयलाई हम्मे

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

कैलाली : ​कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा जग्गा अतिक्रमण हटाउन सकेको छैन। २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि ३८० बिघा जग्गा उपलब्ध गराएको थियो। 

टीकापुरस्थित क्याम्पस परिसरमा रहेको ३८० बिघामध्ये क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ। विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भएको बताए। सरोकार भएका निकायले पनि विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन पहल गर्नुपर्ने उनले बताए।

३०० बिघा जमिन मुक्तकमैया तथा सुकुम्वासीको नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ। विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले जग्गा खाली गराउने विषयमा विश्वविद्यालयका कुलपति समक्षसमेत आग्रह गरेको बताए। ‘केन्द्रस्तरको पहलबाट मात्रै अतिक्रमित जमिन खाली गराउन सकिने भएकाले केन्द्रीयतहबाटै पहल हुनु आवश्यक छ’, उनले भने, ‘विश्वविद्यालयको जमिन अतिक्रमणमा पर्दा क्याम्पस व्यवस्थापनमा बाधा आएका छन्।’

२०६३ देखि क्याम्पसको जमिन अतिक्रमण शुरु भएको टीकापुर बहुमुखी क्याम्पसका प्रमुख धवीन्द्र रावलले बताए। पछिल्लो समय गृह मन्त्रालयबाट सार्वजनिक जग्गासम्बधी सूचना प्रकाशित भएपछि अतिक्रमित जग्गाको लालपुर्जासहितको कागजात जिल्ला प्रशासन कार्यालय कैलालीमा पेश गरेको उनले बताए।

‘गृहको सूचनापछि हामीले पनि प्रशासनमा कागजात पेस गरे पनि सुनुवाइ भएको छैन। गृहको सूचनाका आधारमा महेन्द्रनगरलगायत शहरमा अतिक्रमण भएका जमिन खाली भइरहेको छन्’, क्याम्पस प्रमुख रावलले भने,। उनका अनुसार क्याम्पस परिसरको जग्गामा करिब एक हजार ५०० परिवारले टहरा बनाएर बसेका छन्। 

यसअघि अतिक्रमण हटाउनका लागि स्थानीय तथा प्रदेश सरकार, विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक सर्वपक्षीय बैठक र छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छैन।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img