spot_img

सुदूरपश्चिममा आज परम्परागत रूपमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

- Advertisement -

बैतडी – सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरूमा आज धार्मिक श्रद्धा र सांस्कृतिक उत्साहका साथ बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र संक्रान्तिको दिन मनाइने यस पर्वलाई जनविश्वास, परम्परा र सामूहिक सहकार्यको प्रतीकका रूपमा लिइँदै आएको छ ।

बिज्ञापन

स्थानीय परम्परा अनुसार बिहानैदेखि गाउँका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म सामूहिक रूपमा एकत्रित भई विभिन्न बनस्पति–फुर्केघाँस, तुसारो, बेल्डो, गर्ङलो, बाँस, झ्याङ तथा रुखका हाँगाबिँगाबाट ‘बुढी’ नामक पुतली तयार पारिन्छ । भदौ १ गतेका दिन बाटोबीच गाडेर राखिएको सो पुतलीलाई साँझपख सामूहिक रूपमा राँको बालेर पोल्ने प्रचलन रहेको छ ।

धार्मिक विश्वासअनुसार, बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ को प्रतीक मानिन्छ । पौराणिक किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले सो राक्षसीको वध गरेपछि सत्यको विजयको स्मरणार्थ यस पर्वको सुरुवात भएको मानिन्छ । पाटन नगरपालिका–३ का पण्डित जनकराज भट्टका अनुसार, यो पर्वले असत्यमाथि सत्यको विजय र धार्मिक संस्कारको संरक्षण गर्ने सन्देश दिन्छ ।

यस पर्वमा बालबालिकादेखि वृद्धसम्मको सहभागितामा विशेष रूपमा तयार पारिएको बुढीलाई राँको बालेर सामूहिक रूपमा पोल्ने गरिन्छ । यस क्रममा गाउँलेहरूले काँक्रो चपाउँदै “थुई बुढी थुई” भन्ने चलन प्रचलित छ । पोलिसकेपछि बाँकी रहेको खरानीलाई घरको मूलद्वार, गोठ तथा गाईभैंसीको निधारमा दल्ने परम्परा छ । यसो गर्दा बिचञ्चली, रोगव्याधि तथा अपशकुन टर्छ भन्ने विश्वास रहिआएको सुर्नया गाउँपालिका–३ की देवकी भट्टले बताउनुभयाे ।

बैतडीको मेलौली नगरपालिका–५ का ७८ वर्षीय हर्कबहादुर साउद भन्नुहुन्छ, “हाम्रा बाउबाजेले पनि यहीँ गरी मनाउनुहुन्थ्यो । बुढी पोल्दा गाउँले मिलेर राँको बाल्ने, खुसी साट्ने र रोग टार्ने विश्वास अझै कायमै छ ।”

यस अवसरमा कतिपय स्थानहरूमा देउडा, भुवा तथा सामूहिक नाचगानजस्ता सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको शिवनाथका सामाजिक अगुवा जानकी साउदले जानकारी दिनुभयो । उहाँका अनुसार, “यो पर्वले पुस्ता–पुस्ताबीचको सम्बन्ध बलियो बनाउनुका साथै मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा पनि टेवा पु¥याएको छ ।”

साझँपख राक्षस पुतनाकाे पुतला जलाउदै (तस्बिर ः फाइलफाेटाे )

यद्यपि पछिल्लो समय आधुनिकता, जनसंख्या विस्थापन र व्यस्त जीवनशैलीका कारण यो पर्वमा पहिलेजस्तो व्यापक सहभागिता घट्दै गएको दोगडाकेदार गाउँपालिका–३ की पार्वती कार्कीले बताउनुभयाे । तर पनि स्थानीय तह, विद्यालय र युवा क्लबहरूले यस पर्वको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको पाइन्छ ।

सुदूरपश्चिमेली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सहकार्यको जीवित प्रतीकका रूपमा बुढी पोल्ने पर्वलाई आज पनि निरन्तरता दिइँदै आएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img