spot_img

बालबालिकामा ठेउला फैलिँदै, सुर्नयामा दुई विद्यालय बन्द

- Advertisement -

बैतडीको सुर्नया गाउँपालिका–७ र ८ स्थित कठमडा टोलमा ठेउला रोग देखा परेपछि स्थानीय प्रशासन र स्वास्थ्य संस्थाहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

सुर्नया गाउँपालिकाका अनुसार हालसम्म उक्त क्षेत्रमा १० जनामा ठेउला संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांश बालबालिका रहेको र संक्रमण फैलन थालेपछि स्थानीय दुई विद्यालय बन्द गरिएको केदार माध्यमिक विद्यालय कठमडाका प्रधानाध्यापक बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।

ठेउला सरुवा प्रकृतिको रोग भएकाले संक्रमित व्यक्तिबाट अन्यमा सजिलै सर्न सक्ने हुँदा सामाजिक दूरी, व्यक्तिगत सरसफाइ तथा आइसोलेसनमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताउनुभयो।

“बालबालिका, गर्भवती महिला, र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू बढी जोखिममा पर्ने हुँदा विशेष सतर्कता आवश्यक छ,” प्रमुख महराको भनाइ छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार ठेउलाका लक्षणमा ज्वरो, शरीरभरि बिमिरा, दुखाइ, भोक नलाग्ने जस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्न पालिकाले आग्रह गरेको छ।

संक्रमितलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने र व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने समेत स्वास्थ्य शाखाले जनाएको छ।

बैतडी जिल्लाका अन्य केही ठाउँमा पनि ठेउला रोगका केसहरू देखिन थालेको भन्दै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले सबै सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img