बैतडी: दसरतचन्द नगरपालिका –४मा अवस्थित बिरेन्द्र माध्यमिक विद्यालय ‘नमुना विद्यालय’मा छनोट भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सुदूरपश्चिमका ३२ वटा विद्यालयलाई निर्वाचन क्षेत्र स्तरीय नमुना विद्यालयको रूपमा छनोट गरिएको जानकारी दिएको हो।
छनोटमा परेका विद्यालयहरूको समग्र शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि गुरुयोजना (मास्टर प्लान) तयार गर्न भनिएको छ।
मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम अघि उक्त गुरुयोजना मन्त्रालयमा पेश गर्न सम्बन्धित विद्यालयहरूलाई आग्रह समेत गरेको छ।
बिरेन्द्र माध्यमिक विद्यालयको छनोटले दसरतचन्द नगरपालिकाको समग्र शैक्षिक क्षेत्रलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।










