spot_img

सिद्धेश्वर माबिको विव्यस अध्यक्षमा पुनः भाट चयन

- Advertisement -

बैतडी : बैतडीको पाटन नगरपालिका ९, मा पर्ने श्री सिद्धेश्वर माध्यमिक बिद्यालयको नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

मंगलबार भएको अभिभावक भेलाबाट पाचौं पटक थप कार्यकालका लागि पुनः प्रेम सिंह भाट चयन भएका छन् ।

भाटको अध्यक्षता नौ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको बिद्यालयले जनाएको छ । सदस्यहरुमा क्रमश कृष्ण सिंह महरा, नर बहादुर भाट, पार्वती भाट, बसन्ती चन्द, जयन्ती महरा, शिक्षक प्रतिनिधि भरत सिंह भाट चयन भएको बिद्यालयका प्रधानाध्यापक तथा सदस्य सचवमा प्रकाश सिंह महरा बताए ।

अभिभावक भेलाले सर्वसम्मत भाटको नेतृत्वमा समिती चयन गरिएको उनले बताए । बिद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरु संग हातेमालो गरेर अगाडी बढने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्ष संग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष भाटले बताए ।

२०१८ सालमा स्थापना भएको सिद्धेश्वर माबिमा हाल कक्षा १० सम्मको पठनपाठन भइरहेको छ भने बिद्यालयले पढाइसंग संगै सामुदायिक, धार्मिक अतिरिक्त कार्यक्रम गर्दै आइरहेको जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img