बैतडी:नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिले नयाँ वर्ष २०८२ को अवसरमा प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरेका छन्।
सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष दिवाकर बोहोराको अध्यक्षता र सभापति देउवाको प्रमुख आतिथ्यमा भित्तेपात्रो विमोचन गरिएको हो। कार्यक्रममा देउवाले बैतडी मूल घर भएका विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली कांग्रेसका शुभचिन्तकहरूको सुख–दुखमा साथ दिँदै आएको सम्पर्क समितिलाई धन्यवाद दिए।
विमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री, प्रदेश सांसद एवं बैतडीका पूर्वपार्टी सभापति शिवबराज भट्ट, महासमिति सदस्य उत्तर बहादुर ऐर, भूमि समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डे, नेपाली कांग्रेस क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, महासमिति सदस्य सुरेन्द्र सिंह ऐर, नेपाली कांग्रेस बैतडीका नेता जयराज जोशी, केदार अवस्थी, कृष्ण कुवर, विष्णु पाण्डे, नेविसंघका नेता रामचन्द्र बोहोरा, नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति संयोजक पदम राज जोशी लगायत नेता, शुभचिन्तक र सम्पर्क समितिका सदस्यहरूको उपस्थिति थियो।
कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष दिवाकर बोहोराले समितिले राजधानीमा रहेका बैतडीबासीका सुख–दुखमा साथ दिँदै आएको जानकारी गराउँदै सबैको साथ सहयोग पाएको र भविष्यमा पनि पाउने आशा व्यक्त गरे। भित्तेपात्रोमा बैतडीका धार्मिक र पर्यटकीय स्थलहरूको सचित्र जानकारी समावेश गरिएको छ।










