बैतडी : बैतडीको सुर्नया गाउँपालिका वडा नंवर २ ले वडा भित्रका १५१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

वडा भित्र रहेका जेष्ठनागरिक परिचयपत्र बनाएका जेष्ठ नागरिकलाई सोमबार वडा कार्यालयले सम्मान गरेको हो ।वडा कार्यालयले १५१ जनालाई सम्मान गरेको वडा अध्यक्ष गणेश बहादुर बिष्टले बताए ।
वडा अध्यक्ष गणेश बहादुर बिष्टको सभाध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि राप्रपाका वडा एकाई कमिटी अध्यक्ष नरेन्द्र बहादुर बिष्ट रहनु भएको थियो। भने विशिष्ट अतिथिमा जेष्टनागरिक हरजित पाण्डे रहनु भएको थियो।
सम्मान कार्यक्रममा वडाका पदाधिकारी तथा कर्मचारीहरुको अभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष बिष्टले टिका र खादा लगाएर जेष्ठ नागरिकलाई सम्मान गरेका थिए । सोही अवसरमा वडा कार्यालयबाट प्रवाह गरीने गतिविधिहरु सन्तोषजनक रहेको भन्दै हाल का•बा,सचिव समेत रहेका वडा प्राबिधिक बिष्णु दत्त बोकटी लाई समेत टीका र खादा लगाई सम्मान गरिएको थियो ।
यस्तै सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिष्टले बालबालिका जस्तै जेष्ठ नागरिकलाई पनि स्याहारको आवश्वकता रहेको बताए ।
बिष्टले गाउँपालिकाले बाटो घाटो मात्रै नभई जेष्ठ नागरिकको पनि सम्मान गर्नु पर्ने बताए ।
अहिले सरकारले १ सयबाट सुरु गरेको बृद्ध भत्ता ४ हजार पुगाएको छ । अब यसलाई बढाएर १० हजार नै पुगाउनु पर्छ र यसो गर्न सकेमा जेष्ठ नागरिकले औषधि उपचार र मन लागेको मिठो मसिनो खान सक्ने अध्यक्ष बिष्टले बताए ।














