spot_img

राष्ट्रपतिबाट सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान

- Advertisement -

बैशाख ३गते । सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गर्नुभएको हो ।

हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । गएको माघ १८ गते शुरू भएको हिउँदे अधिवेशन राष्ट्रपति पौडेलले गएको चैत १९ गते अन्त्य गर्नुभएको थियो ।

शिक्षकको माग अनुसार विद्यालय शिक्षा ऐन जारी पनि गर्ने लक्ष्यसहित सरकारले बजेट अधिवेशन आह्वानकाे सिफारिश गरेको हो । हिजो मन्त्रिपरिषद् बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img