spot_img

सुदूरपश्चिम प्रदेशको २०८२/८३ का लागि ३३ अर्बभन्दा बढीको बजेट सार्वजनिक

- Advertisement -

बैतडी, असार १ – सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।

बजेटमा कुल विनियोजनमध्ये १० अर्ब २० करोड ८१ लाख ८२ हजार रुपैयाँ (३०.४९ प्रतिशत) चालु खर्चका लागि छुट्याइएको छ भने १९ अर्ब ८३ करोड दुई लाख ६ हजार रुपैयाँ (५९.२५ प्रतिशत) पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।

अन्तरवित्तीय हस्तान्तरणका लागि तीन अर्ब ४२ करोड ७७ लाख रुपैयाँ (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थापन शीर्षकमा एक करोड रुपैयाँ छुट्याइएको छ।

मन्त्री थापाका अनुसार खर्चको व्यवस्थापनका लागि आन्तरिक स्रोतबाट एक अर्ब ६५ करोड रुपैयाँ संकलन गरिने अनुमान गरिएको छ। त्यस्तै, नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत प्राप्त हुने अनुमानित रकम नौ अर्ब ८७ करोड २५ लाख रुपैयाँ रहेको छ। संघीय रोयल्टी बाँडफाँटबाट आठ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

साथै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ, अघिल्लो वर्षको बचत रकम सात अर्ब ६६ करोड ६३ लाख, सशर्त अनुदान चार अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदान ६० करोड २६ लाख र विशेष अनुदान ५१ करोड ६० लाख रुपैयाँ रहने अनुमान गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img