Home जीवनशैली बैतडीको सुर्नया २ लिस्किटामा भदौ १४ गते सांस्कृतिक कार्यक्रम हुने

बैतडीको सुर्नया २ लिस्किटामा भदौ १४ गते सांस्कृतिक कार्यक्रम हुने

0
60

वासुलिङ/बैतडी, भदौ १२ गते । बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटामा भदौ १४ गते गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। श्री बासुदेव माध्यमिक विद्यालयको प्राङ्गणमा सुर्नया युनाइटेड क्लबको आयोजनामा कार्यक्रम हुन लागेको हो।

गौरापर्वको सांस्कृतिक महत्वसँगै सुदूरपश्चिमको मौलिक कला, संस्कृति र देउडाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

कार्यक्रममा चर्चित गायक तथा मोडेल चक्र बम, गायिका हरिना नाथ, तेक्वान्दो खेलाडी तथा रेफ्री प्रकाश साउँद र धनबहादुर बिष्टलगायतको सहभागिता रहनेछ। स्थानीय तथा अन्य कलाकारका सांगीतिक प्रस्तुति, देउडा र गौरापर्व विशेष सांस्कृतिक प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

सोही अवसरमा सुर्नया युनाइटेड क्लबको उद्घाटन समेत गरिनेछ। कार्यक्रमले स्थानीय युवाको प्रतिभा प्रदर्शनसँगै मौलिक कला तथा संस्कृतिको संरक्षणमा योगदान पुग्ने आयोजकको अपेक्षा छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here